Saturday, August 13, 2016

पुरुषको समग्र स्वास्थ्य उसको वीर्यको गुणस्तरसंग संबन्धित रहेको एक अध्ययनले देखाएको छ । प्रजनन क्षमतामा समस्या भएका पुरुषहरुमा उच्च रक्तचाप र हर्मोनको असन्तुलनसंबन्धी समस्या देखा पर्ने अनुसन्धानकर्ताको भनाई छ । पहिलोपटक गरिएको यस्तो खालको अनुसन्धानमा वीर्यको कमजोर गुणस्तर पुरुषको रक्तचाप, छाला र हर्मोन असन्तुलनजस्ता समस्यासंग संबन्धित रहेको पाइएको हो । यस्तो समस्याबाट ३० वर्षभन्दा कम उमेरका पुरुषहरु प्रभावित हुने जनाइएको छ । प्रजनन क्षमता गुमाएका मानिसको मृत्यु मुटुको समस्याबाट हुने पनि डाक्टरहरुको चेतावनी छ । स्टानफोर्ड युनिभर्सिटी स्कुल अफ मेडिसिनका प्राध्यापक माइकल आइजनवर्ग भन्छन्, ‘दम्पत्तिमध्ये १५ प्रतिशतमा प्रजननसंबन्धी समस्या रहेको पाइयो, त्यसमध्ये आधा पुरुषमा वीर्यमा समस्या पाइयो ।’ प्रजनन समस्या समग्र स्वास्थ्यसंग जोडिने उनको भनाई छ । अध्ययनले प्रजनन क्षमतामा समस्या भएकाहरुले स्वास्थ्य समस्या पत्ता लगाउन विस्तृत रुपमा शारीरिक जाँच गराउन पनि सुझाव दिएको छ । प्रजनन क्षमतामा समस्याको कारण पत्ता लगाउन सन् १९९४ देखि २०११ को बीचमा ३० देखि ५० वर्षसमूहका ९ हजार ३ सय ८७ जना पुरुषको मेडिकल रेकर्ड परीक्षण गरिएको थियो । उनीहरुले नियमित रुपमा आफ्नो वीर्य परीक्षणका लागि उपलब्ध गराएका थिए, जसबाट अनुसन्धानकर्ताहरुले वीर्यको गुणस्तर परीक्षण गरेका थिए । तीमध्ये आधामा प्रजनन क्षमताको समस्या रहेको पाइएको थियो । तर, वीर्यको गुणस्तर र मुटु या हर्मोनको समस्या किन जोडियो भन्ने बारेमा भने स्पष्ट भएको छैन । यद्यपि प्रा. आइजनवर्ग भन्छन्, ‘मानवको १५ प्रतिशत जिन प्रजननसंग प्रत्यक्ष संबन्ध छ ।’ एजेन्सीको सहयोगमा

0 comments:

Post a Comment

Unordered List

Sample Text

Powered by Blogger.

Followers

Featured Posts Coolbthemes

Pages

Blogger Template

Popular Posts

Recent Posts

Text Widget