Wednesday, October 5, 2016

खुसार्नीलाई त्यसको आकारको आधारमा अनुमान लगाउनुहुँदैन । यो कुरा लागुहुन्छ अजी चारापिता नामक खुसार्नीमा । यसको आकार एउटा मटरको दाना जत्रो पनि हुँदैन । तर, यसको किलोकै २७ लाख नेपाली रुपैयाँसम्म पर्छ । 7उत्तरी पेरुमा पाइने यो जंगली खुर्सानी पछिल्लो केही समयदेखिबाट व्यवसायिक रुपमा खेती गर्न थालिएको छ । ताजा रुपमा प्रयोग गरिने यस खुसार्नी स्वादको लागि चर्चित छ । तर, यसलाई धुलो बनाएर पनि प्रयोग गरिन्छ । यो खुसार्नी अझै पनि पश्चिमा देशहरुमा चलनचल्तीमा नरहे पनि त्यहाँका फाइफ स्टारहरुमा भने प्रयोग गरिन्छ । ‘खुसार्नीको आमा’ पनि भनिने यो खुसानी पाउन पनि निकै गाह्रो छ । यसलाई किन्न पेरु नै पुग्नुपर्छ । त्यसमाथि पनि यसको मूल्य यति धेरै छ, जोकोहीले यसलाई किन्न सक्दैनन् । पिरोको रेटिङमा पनि यसलाई ३० हजारदेखि ५० हजार हिट युनिटमा राखिएको छ । त्यहीभएर भनिन्छ, ‘यसको स्वादले तपाईंको जिब्रोमा प्वाल पार्छ भने यसको मूल्यले तपाइँको खल्तीमा ।’

0 comments:

Post a Comment

Unordered List

Sample Text

Powered by Blogger.

Followers

Featured Posts Coolbthemes

Blog Archive

Pages

Blogger Template

Popular Posts

Recent Posts

Text Widget