Friday, October 21, 2016

बिगुल स्वास्थ्य, काठमाडौं । तपाईले कुनै बेला कल्पना गर्नुभएको छ र कि चुम्बन गर्ने बेला चुम्बनकर्ताका आँखा किन बन्द हुन्छन् । यसबारे बिगुल स्वास्थ्यले एजेन्सीको सहयोगमा एउटा तथ्य सार्वजनीक गर्दै छ । चुम्बन गर्ने बेला चुम्बनकर्ताहरु किन आफ्नो आँखा बन्द गर्दछन् भन्ने बिषयमा वैज्ञानिकहरुले केही वैज्ञानिक कारण रहेको बारे प्रष्ट कारण अघि सारेका छन् । वैज्ञानिकहरुले बताएअनुसार चुम्बन गर्ने समयमा मानब मस्तीष्कले एकै समयमा दुइवटा काम गर्न नसक्ने बताइएको छ । चुम्बन गर्ने समयमा बिश्वासको भावनाका कारण दिमाग ले आफ्नो सोच्न सक्ने क्षमता कम राख्दछ । त्यसैकारण मानिसहरु चुम्बन गर्ने बेला आफ्ना आँखा बन्द गर्ने तथ्य बैज्ञानिकरुले लामो अनुसन्धानबाट निकालेको खबर डेलिमेलले उल्लेख गरेको छ । मानिसहरुको मनोबिज्ञानको ठुलो रहस्य हटाउन सफल भएको कुरा पनि बैज्ञानिकहरुले आफ्नो खोज अनुसन्धानका क्रममा बताए । जव मानिसहरु चुम्बनका लागि तयार हुन्छन्, तब मानब मस्तीष्कले आफ्नो आँखाले दिएको सूचना पनि महशुस गर्न असहज स्थीति सिर्जना हुन पुग्ने रोयल हैलोवे यूनिभर्सिटी आफ लण्डनका मनोवैज्ञानिकहरुले आफ्नो निष्कर्ष निकालेका छन् । –एजेन्सी

0 comments:

Post a Comment

Unordered List

Sample Text

Powered by Blogger.

Followers

Featured Posts Coolbthemes

Blog Archive

Pages

Blogger Template

Popular Posts

Recent Posts

Text Widget