

कर्तिक ३, करिब साताअघि कोटेश्वरस्थित एक औषधि पसलमा २०–२२ वर्षकी युवती आइन् । औषधि पसलेसँग सजिलै भनिन ‘दाई ईकोन दिनुस न ।’ पसलेले ईकोन झिकेर दिए । ‘अझै ४ वटा दिनुस न ?’ उनले थप मागिन् । त्यसपछि चकलेट झै एउटा त्यही खाइन् । बाँकी ब्यागमा हालेर बाटो लागिन् ।
नबुझ्नेहरुकालागि ‘इकोन’ कुनै हाजमोला जस्तो पाचक लाग्न सक्छ । तर यो औषधि गर्भनिरोधक हो । यसलाई ७२ घण्टे चक्की भनेर पनि बुझिन्छ । ती युवतीले ७२ घण्टे औषधि अनौठो नमानी सेवन गरेको देख्नेहरु ट्वाल्ल परे ।
एकले भने, ‘लाज पचेकी नकचरी ।’
अर्कोले थपे, ‘उसको पेशा नै त्यस्तै होला ।’
युवतीले इकोन खाँदा ‘देश खत्तम भइसकेछ’ भन्ने टिप्पणी पनि सुनियो ।
इकोन सेवनको अझै भित्रको कुरा खुलासा गर्दै औषधि बिक्रेताले भने, ‘हेर्दा सभ्य देखिन्छन् । तर कलेज÷स्कुलको पोशाकमै इकोन किन्न आउँछन् ।’
कोटेश्वरको कुरा मात्रै होइन । इकोन अविवाहित, किशोरी, युवतीहरुमाझ लोकप्रिय छ । यौनसम्पर्क गर्दा असुरक्षित गर्ने र पछि सुरक्षाकालागि इकोन सेवन गर्नेहरु धेरै छन् । औषधि पसलहरुमा गर्भनिरोधक औषधिहरु बढि बिक्री हुन्छन् । इकोन किशोरीहरुमाझ लोकप्रिय छ ।
इकोन कन्डम जस्तै
कन्डम किन्न डाक्टरको पुर्जा चाहिँदैन । इकोन पनि त्यस्तै हो । यो औषधि बेच्नेले पनि कुनै रेकर्ड नराखी बेच्दा हुन्छ । नियमित सेवनकालागि भन्दा पनि आकस्मिक अवाञ्छित गर्भ रोक्न यसको प्रयोग हुनु पर्छ । सहजै किन्न पाइने, यौन सम्पर्कको बेला कन्डम प्रयोग गर्न झन्झट मान्नेहरुले इकोन रोज्ने गर्छन् ।
0 comments:
Post a Comment