Thursday, October 20, 2016

विश्वकै सर्वाधिक चर्चित र लोकप्रिय गायक माइकल ज्याक्सनको निधन भएको ७ बर्ष भैसकेको छ । उनलाई पप गीतका त राजा नै भनिन्थ्यो । माइकलको जस्तो गीत गाउने शैली र उनको नृत्यको स्टेपको दिवाना संसारभर नै छन् ।
माइकलको निधन भएको ७ बर्ष भयो, तर उनको आम्दानीमा गिरावट आएको छैन । फाेर्ब्स म्यागेजिनले निकालेको ‘मृतक सेलिब्रेटी’को सूचीमा माइकलले ८२.५ करोड डलर कमाई गरेका छन् । एक बर्षमा सर्वाधिक धेरै कमाई गर्दै सूचीको पहिलो स्थानमा आएका माइकलको कमाई कसरी भैरहेको होला ? सोनी र एटीभी म्यूजिक पब्लिसिङ्गमा माइकल ज्याक्सनको शेयर बेचेर आएको रकमले पनि उनलाई कमाई गर्ने मृतक सेलिब्रेटीको सूचीको अग्रस्थानमा ल्याइदिएको हो । सन् २००९ मा ज्याक्सनको निधन भएको थियो । यसपछि, सन् २०१२ लाई छाडेर उनी निरन्तर सर्वाधिक कमाई गर्ने ‘मृतक सेलिब्रेटी’को सूचीको पहिलो स्थानमा छन् ।

0 comments:

Post a Comment

Unordered List

Sample Text

Powered by Blogger.

Followers

Featured Posts Coolbthemes

Blog Archive

Pages

Blogger Template

Popular Posts

Recent Posts

Text Widget