Thursday, October 20, 2016

काठमाडौँ, ५ कार्तिक - ललितपुरको इमाडोलमा भेटिएको ग्यासको सरकारले आज परिक्षण गर्ने भएको छ। इमाडोलमा मिथेन ग्यास खानीको सम्भावना रहेको भन्दै लामो समय देखि कुरा उठेपनि ठोस प्रक्रीया अघी वढ्न सकेको थिएन। इमाडोलमा रहेको भनिएको ग्यासको उत्खननको संभावना र प्रयोग गर्न सकिने आधारबारे आज परिक्षण गर्न लागिएको उद्योग मन्त्री नविन्द्रराज जोशीले जानकारी दिनुभयो। ग्यास उत्खनन सम्वन्धी परिक्षण गर्न मन्त्री जोशी सहितको सरकारी टोली अपरान्ह २ वजे त्यसतर्फ जाने भएको छ। पूर्वप्रधानमन्त्री केपी ओलीको पालामा इमाडोलमा रहेको ग्यास खानीको उत्खननबारे कुरा उठेपनि प्रक्रिया भने अहिले शुरु भएको हो। सन १९८० ताका जापानी सहयोग नियोग जाईकाले ललितपुरको इमाडोलमा ग्यास खानी रहेको प्रतिवेदन दिएपनि साढे ३ दशक भन्दा वढी समय सम्म ग्यास उत्थखनन प्रक्रीयाले मुर्तरुप लिन सकेको छैन । पछिल्लो समय अव्यबस्थित ढल निर्माण र बोरिङका कारण बाह्य श्रोतमा समेत ग्यास मिसिने गरेको खानी विभागका महानिर्देशक राजेन्द्र खानालले जानकारी दिनुभयो। इमाडोल आसपासका क्षेत्रमा रहेका ग्यासका खानीको अन्य श्रोत समेत पहिचान गरि भण्डारणको व्यवस्था गर्न सरकारले तत्काल पहल थाल्ने खनालले बताउनुभयो। कान्तिपुर दैनिकबाट साभार

0 comments:

Post a Comment

Unordered List

Sample Text

Powered by Blogger.

Followers

Featured Posts Coolbthemes

Blog Archive

Pages

Blogger Template

Popular Posts

Recent Posts

Text Widget