Friday, October 21, 2016

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमार बलिउडका अन्य कलाकार भन्दा निक्कै फरक छन् । उनको परिवारले मिडियासँग दुरी कायम राख्छ । त्यति मात्र होइन अक्षय कुमारले आफ्ना सन्तानलाई सके सम्म मिडियाको अगाडी पार्नै चाहँदैनन् ।
अक्षय कुमारका छोरा आरव समेत सामाजिक सञ्जालबाट टाढा छन् । उनकी छोरी नितारा पनि मिडियाको अगाडी अहिले सम्म सोझो अनुहार पर्ने गरी देखिएकी छैनन् । अक्षय पुत्री नितारको पुरा अनुहार देखिने तस्विर अहिले सम्म मिडियामा सार्वजनिक भएको छैन । जहाँ पुगेपनि अक्षयले आफ्नी छोरीको अनुहार मिडियाको क्यामेराबाट लुकाइदिन्छन । विमानस्थलमा समेत उनले छोरीको अनुहार छोप्छन् ।
कारण यस्तो रहेछ अक्षय आफ्नो परिवारको निजी जीवनको विषयमा निक्कै संवेदनशील छन् । उनले आफ्नो परिवारका सबै सदस्यको जीवन सार्वजनिक सेलिब्रेटीको जस्तो होस् भन्ने चाहँदैनन् । अर्को कुरा आफ्नो छोरा छोरीको विषयमा अफवाह सहितका समाचार नआउन् भन्नेमा पनि अक्षय सचेत देखिन्छन् । आफू सेलिब्रेटी भएपनि आफ्ना छोरा छोरीले निजी जीवन जिउन पाउन् भन्ने चाहानाले अक्षयले यस्तो गरेको बताइन्छ ।

0 comments:

Post a Comment

Unordered List

Sample Text

Powered by Blogger.

Followers

Featured Posts Coolbthemes

Blog Archive

Pages

Blogger Template

Popular Posts

Recent Posts

Text Widget