Thursday, October 20, 2016

फेरी अर्को दुर्घटना: सिराहामा यात्रुवहाक बस र ट्रक आपसमा ठोकिँदा तीन जनको मृत्यु १३ घाइते:: सिराहा ४ कात्तिक। सिराहामा यात्रुवहाक बस र ट्रक आपसमा ठोकिँदा तीन जनको मृत्यु भएको छ । दुर्घटनामा १३ यात्रु घाइते भएका छन् । गएराति साढे १२ बजे सिरहाको मिर्चैयामा ना ५ ख ४८८९ नम्बरको यात्रुबाहक बस र ना ३ ख ४१३० नम्बरको ट्रक आपसमा ठोकिँएका थिए।
फोटो रातो पाटि बाट मृत्यु हुनेमा बसमा सवार भारत सिक्किमकी ३३ वर्षीय पायल अग्रवाल, ३० वर्षीय विन्दीया गुरुङ्ग र पाँचथर रवी ६ की ३५ वर्षीय ननुका राई रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका ४ जनालाई उपचारको लागि न्युरो अस्पताल विराटनगर पठाईएको छ ट्राफिक प्रहरीले जनाएको छ । सामान्य घाइते भएका अन्य ९ जनाको स्थानीय रेखा नर्सिङ्गहोममा उपचार भईरहेको सिराहा प्रहरीले जनाएको छ । दुर्घटनापछि फरार रहेका दुबै सवारी साधनका चालकको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

0 comments:

Post a Comment

Unordered List

Sample Text

Powered by Blogger.

Followers

Featured Posts Coolbthemes

Blog Archive

Pages

Blogger Template

Popular Posts

Recent Posts

Text Widget